शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • रसुवा बाढी अपडेट

    बाढीमा फसेका मानिसको उद्धारमा गएका ११ उद्धारकर्मी नै बाढीमा फसे


    हुलाक प्रेस

    • मंगलबार, असार २४ २०८२०८:१०
    बाढीमा फसेका मानिसको उद्धारमा गएका ११ उद्धारकर्मी नै बाढीमा फसे

    काठमाडौँ । चीनतर्फबाट आएको भीषण बाढीले रसुवाको सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए । 

    उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्धार गर्न जाने क्रममा ११ जना उद्धारकर्मी नै फसेका बताए । 

    हेलिकप्टरमार्फत उनीहरूको उद्धार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्‍यायो भन्ने सम्बन्धमा  तथ्याङ्क सङ्कलन भइरहेको पनि उनले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस