शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • रसुवा बाढी: रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीले भागेर ज्यान बचाए


    हुलाक प्रेस

    • मंगलबार, असार २४ २०८२०८:१६
    रसुवा बाढी: रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीले भागेर ज्यान बचाए

    काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ । हाइड्रोपावरको ड्याम र क्याम्पमा क्षति पुगेको हो ।

    क्याम्प बगाएपछि कर्मचारीहरु भागेर जंगलमा गएर बसिरहेको रसुवागढी जलविद्युत केन्द्रको प्रशासन प्रमुख टिकनाथ पौडेलले जानकारी दिए ।

    ‘हाइड्रोपावरमा ठूलो क्षति भएको अनुमान छ । हाम्रा गाडीहरु पनि बगेका छन्,’ उनले भने, ‘साथीहरु अडिट टु भनिने जंगल क्षेत्रमा गएर बसिरहनु भएको छ ।’

    आयोजनाका दुई महिलासहित २५–३० जना कर्मचारीहरु रहेको र उनीहरुलाई उद्धार गर्न हेलिकप्टर पठाउने तयारी भइरहेको उनले बताए ।

    हाइड्रोपावरको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको पौडेलले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस