शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नुवाकोटमा त्रिशुली नदीको बाढीमा फसेका २ जनाको हेलिकोप्टरबाट सकुशल उद्धार


    हुलाक प्रेस

    • मंगलबार, असार २४ २०८२०८:३६
    नुवाकोटमा त्रिशुली नदीको बाढीमा फसेका २ जनाको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौँ । नुवाकोटमा त्रिशुली नदीको बाढीमा फसेका २ जनाको सकुशल उद्धार भएको छ ।  झन्डै ३ घण्टा पछि नेपाली सेनाको हेलिकप्टरले सकुशल उद्धार गरेको छ ।

    आकस्मिक आएको बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा दुईजना फसेका थिए ।

    बाढीमा फसेकाहरू सिसौको रुखको आड लिएर बसिरहेको अवस्थामा हेलिकोप्टरबाट उद्धार गरिएको हो । 

    हाल त्रिशूली नदीले सतर्कता तह पार गरेको छ । असार २४ गते बिहान ६:३० बजे नुवाकोटस्थित बेत्रावती जलमापन केन्द्रमा त्रिशूली नदी जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस