शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पहिराले कालीगण्डकी करिडोर अवरुद्ध


    हुलाक प्रेस

    • बुधबार, असार २५ २०८२०८:४३
    पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

    ढोरपाटन (बागलुङ) । पहिरोका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

    मङ्गलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । 

    जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

    वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताउँदै उनले पानी रोकिएपछि पहिरो पन्छाइने जानकारी दिए। केही स्थानमा सडक भासिएको छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस