शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते


    हुलाक प्रेस

    • बुधबार, असार २५ २०८२०९:०१
    चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

    ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । 

    चट्याङ लागेर घाइते भएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो । उनको पारिवारिक स्रोतका अनुसार मङ्गलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उनी घाइते भएका थिए ।  उनलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पुर्याइएको थियो । 

    त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन् । सत्र वर्षीय लिम्बूलाई चट्याङ लागेको हो । उनको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए । रासस


    प्रतिक्रिया दिनुहोस