शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ


    हुलाक प्रेस

    • बिहीबार , असार २६ २०८२१०:४५
    मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ

    काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा फरार रहेका प्रतिवादी राजन तिमल्सिनालाई १६ वर्षपछि पक्राउ परेका छन् ।

    काठमाडौं सुन्दरीजलका तिमल्सिनाले तत्कालीन हाज्मा कम्पनी सिन्धुलीमा काम गर्ने क्रममा उक्त कम्पनीमै पियनको काम गर्ने ३० वर्षीया कमलामाई १४० (परिवर्तित नाम) लाई विवाह गर्ने आश्वासन दिएर भारतमा लगेर बेचेको आरोप छ ।

    पीडितको दिदीले बहिनीलाई बेचेको किटानी जाहेरी दिएपछि फरार भएका तिमल्सिनालाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मंगरबार पक्राउ गरेको हो ।

    तिमल्सिनालाई जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     


    प्रतिक्रिया दिनुहोस