शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • त्रिविको वार्षिक साधारणसभा: ६३औँ ग्रेस लिष्ट पारित


    हुलाक प्रेस

    • बिहीबार , असार २६ २०८२०२:३१
    त्रिविको वार्षिक साधारणसभा:  ६३औँ ग्रेस लिष्ट पारित

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ ।

    प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा  प्रधानमन्त्री निवास, बालुवाटारमा आज सम्पन्न बैठकले रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो । 

    बैठकमा आर्थिक वर्ष २०८२ /८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ । कुलपति ओलीले विश्वविद्यालयलाई २१औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रुपमा स्थापित गर्न आग्रह गरे ।

    शिक्षा,  विज्ञान तथा प्रविधिमन्त्री  एवं सहकुलपति रघुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यस अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

    नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत ९करिव चार हजार० विदेशी विद्यार्थी हुने गरी लाग्नुपर्ने बताए । 


    प्रतिक्रिया दिनुहोस