शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • त्रिशुली नदि किनारमा एक पुरुषको शव फेला


    हुलाक प्रेस

    • बिहीबार , असार २६ २०८२०३:१०
    त्रिशुली नदि किनारमा एक पुरुषको शव फेला

    काठमाडौं । त्रिशूली नदी किनारामा एक पुरुषको शव फेला परेको छ ।

    चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित नदि किनारमा एक शव फेला परेको प्रहरीले जनाएको छ । 

    अन्दाजी ४५ / ५० वर्षका पहिचान खुल्न नसकेको शव नदि किनारमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । 

    प्रहरीले शवलाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएको जनाएको छ । 

    असार २४ मा रसुवामा आएको बाढीमा बेपत्ता व्यक्तिको शव भएको अनुमान प्रहरीले गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

     


    प्रतिक्रिया दिनुहोस