शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध


    हुलाक प्रेस

    • शुक्रबार, असार २७ २०८२०९:४५
    पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
    गुल्मी ।  कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।
     
    कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ । त्यो क्रम रोकिएको छैन । अवरुद्ध सडक खोल्न  प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको तर  तत्काल पहिरो पन्छाउन असम्भव भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका छन् । 
     
    यसैबीच जिल्ला प्रशासन कार्यालयले नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई बाढी र पहिरोबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस