काठमाडौं । रसुवा बाढी प्रभावित ९१ नेपाली नागरिकलाई चीनको केरुङमा चिनियाँ पक्षले खान र बस्नको व्यवस्था मिलाएको छ ।
नेपाल फर्कन चाहने नेपाली नागरिकलाई वैकल्पिक मार्ग प्रयोग गरी नेपाल फर्कन गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको छ ।
बाढीमा परी ११ चिनीयाँ नागरिक हराइरहेका छन् । उनीहरूलाई नेपालतर्फ नै बगाएको हुनसक्ने भएकाले उनीहरूको शव पहिचान गरी डीएनए परीक्षणको लागि चिनियाँ नागरिकको विरण उपलब्ध गराउन पहल भइरहेको छ ।
वेपत्ता भएकाको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीले भोटेकोशी र त्रिशूली नदीको दुवै किनारामा खोजीकार्य तीव्र पारिएको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।