शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते


    हुलाक प्रेस

    • शनिबार, असार २८ २०८२०८:४४
    बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते

    बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । 

    डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।  

    जीपमा सवार अन्य ६ जना घाइते भएका छन् । डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी घाइते भएका प्रहरी निरीक्षक पाण्डेयले बताए । 

    राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  

    शनिबार बिहान ५ : ३० बजे बैतडीको पाटन–६ स्थित खिपालीमा जीप दुर्घटना भएको हो । जीप सडकबाट करिब १०० मिटर तल भिरमा अड्किएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । रासस
     


    प्रतिक्रिया दिनुहोस