शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मकवानपुरमा जुवा खेलिरहेका २२ जना समातिए, आठ लाख बरामद


    हुलाक प्रेस

    • शनिबार, असार २८ २०८२०८:१२
    मकवानपुरमा जुवा खेलिरहेका २२ जना समातिए, आठ लाख बरामद

    काठमाडौं । मकवानपुरमा कौडा खेलिरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बकैया गाउँपालिका–५, राजदमारका ४६ वर्षीय मिलन थिङसहितका व्यक्तिहरू छन् ।

    मिलनको घरमा जुवा खेलिरहेको अवस्थामा शुक्रबार (असार २७) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    नगद आठ लाख ३६ हजार ४० रुपैयाँ र तीन सेट कौडासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस