शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौं महानगरपालिकाको बजेट आज


    हुलाक प्रेस

    • आइतबार, असार २९ २०८२०८:०७
    काठमाडौं महानगरपालिकाको बजेट आज

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (असार २९) आउँदो आर्थिक वर्षको बजेट ल्याउँदै छ । गएको शुक्रबार (असार २७) बसेको महानगर कार्यपालिकाको बैठकबाट बजेट ल्याउन आज दिउँसो २ बजे बस्ने गरी नगरसभा आह्वान गरिएको छ ।

    उक्त कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह (बालेन)ले यस दिन नगरसभा बोलाउने प्रस्ताव गरेका थिए । उपस्थित कार्यपालिका सदस्यले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो । लगत्तै मेयर बालेनले बैठक सकिएको घोषणा गरेका थिए । त्यो दिन कार्यपालिका बैठक करिब एक मिनेटमै सकाइएको थियो ।

    काठमाडौं महानगरले करिब २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउनेछ । शुक्रबारै बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकबाट अनुमानित आय र खर्चका आधारमा बजेटको सीमा निर्धारण गरिएको हो । नगरसभाअघि आजै बिहान ९ बजे कार्यपालिकाको बैठक बस्ने महानगरले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस