काठमाडौं । घुसको डिल गरेको दाबीसहित अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी भएको छ ।
उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं फर्किएर यसबारे निर्णय लिनेछन् । ‘प्रधानमन्त्री पूर्वतिर हुँदा यता यस्तो भयो, उहाँ फर्किएपछि यसबारे निर्णय लिने तयारी छ,’ स्रोतले भन्यो ।
स्रोतका अनुसार मन्त्री गुप्तालाई राजीनामा गराउने अथवा उनलाई बर्खास्तको निर्णय हुनेछ । ‘राजीनामा गर्न नै भनिन्छ । त्यो नै उत्तम विकल्प हो’ स्रोत भन्छ, ‘नभए बर्खास्तकै निर्णय गर्नुपर्ने हुन्छ ।’
सार्वजनिक भएको अडियोमा अर्का मन्त्री बलराम अधिकारीलाई पनि घुस लिएको आरोप मन्त्री गुप्ताले लगाएका छन् ।