शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सुनसरीमा मध्यरातमा युवतीको गोली हानी हत्या, भिनाजु फरार


    हुलाक प्रेस

    • सोमबार, असार ३० २०८२०८:३३
    सुनसरीमा मध्यरातमा युवतीको गोली हानी हत्या, भिनाजु फरार

    काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका- ६ मा एक युवतीको गोली हानी हत्या भएको छ । 

    हरिनगर गाउँपालिका- ६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको घरमा सुतिरहेका बेला गोली हानी हत्या गरिएको हो ।

    प्रारम्भिक अनुसन्धानका क्रममा युवतीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

    आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत-१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा एउटा खोका फेला परेको छ । घटनापछि मिया फरार छन् । फरार भएका मियाको खोजी भइरहेको तिम्सिनाले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस