शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेकको विषय छानबिन गर्न गृहमन्त्रीको निर्देशन


    हुलाक प्रेस

    • सोमबार, असार ३० २०८२०१:०७
    स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेकको विषय छानबिन गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् ।

    मन्त्री लेखकले आज स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

    “प्रधानमन्त्रीको प्रतिनिधिमण्डलबाहेक स्पेन को को गए रु कुन विधि प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देशन दिएको छु”, मन्त्री लेखकले भने, “स्पेन जान भिजिट भिषाको प्रबन्ध कसले गर्यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ ।”

    उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । “यस विषयमा दोषी देखिएकालाई कारबाही गरिने छ”, उनले भने । प्रधानमन्त्री ओली यही असार १४ गते स्पेन भ्रमणमा गएका थिए । रासस


    प्रतिक्रिया दिनुहोस