शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • झुपडीमा रोगसंग लड्दै रोशन, श्रीमानको उपचारमा सहयोग गरिदिन श्रीमतिको बिलौना


    हुलाक प्रेस

    • मंगलबार, असार ३१ २०८२०५:३४
    झुपडीमा रोगसंग लड्दै रोशन, श्रीमानको उपचारमा सहयोग गरिदिन श्रीमतिको बिलौना

    धरान । फुलिएर अजङ्गको पेट, हाडछालाको शरीर र मलिन अनुहार लिएर ओछ्यानमा ढलिरहेका ४० वर्षिय रोशन राई जीवनमरणको दोसाँधमा छन् । 

    धरान ८ अरुणटोलस्थित सुकुम्बासी बस्तीमा सानो झुपडीमा रहेका उनको यो हालत हेर्दा यो समय उनि अस्पतालमा हुनुपर्ने हो । तर, श्रीमति र छोरीले उनको उपचार गर्नसक्ने अवस्था नभएपछि उनि घरमै यस्तो अवस्थामा बस्नु परेको हो । 

    चारकोशे झाडीबाट दाउरा ल्याएर धरानमा बेचेर उनको परिवार धानिएको थियो । उनि बिहानै जङ्गल छिर्थे, साँझ दाउराको भारी बोकेर धरान बजारमा बेच्थे र त्यही कमाईले उनको तीनजनाको परिवार चलेको थियो । श्रीमति शान्ति तामाङ घरको काम गर्थिन कहिलेकाँही रोशनलाई सघाउँथिन छोरी शिवानी राई ११ कक्षा पढ्दैथिइन् ।

    बैशाखदेखि उनलाई जण्डिस्ले सतायो, मृगौलामा पथरीया देखियो उनि बिस्तारै थलिँदै गए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गए उपचार गराए । तर, बिसेक भएन, लगातार अस्पताल धाए । रिपोर्ट आयो चिकित्सकले कलेजो फेर्नुपर्ने बताए, मृगौलाको पथरीया शल्यक्रिया गर्नुपर्ने सुझाए, औषधी लेखिदिए बचेको पैसाले औषधी किनेर खाए तर, चिकित्सकले भनेझै उपचार गर्न उनिहरुसंग पैसा थिएन । 

    Unknown-11.jpg

    चिकित्सकले लिभर फेर्नुपर्छ १५ लाख जति खर्चहुन्छ भनेका छन् । त्यत्रो रकम कसरी निकाल्नु र घर चलाउनै गाहे भइरहेको छ उनकी श्रीमति शान्ति तामाङ बताउँछिन् । अभावकै कारण अहिले लिभरको ट्यावलेट बाहेक अन्य कुनैपनि औषधी ख्वाउन नसकेको उनले बताइत । उपचार गर्न लैजाउँ पैसा छैन बिरामीको स्याहारका लागि आमाले समय दिनु पर्ने भएपछि आफ्नो पढाईलाई समेत असर परेको छोरी शिवानीले बताइन् ।  

    मंगलबार बिहान राई निवासमा पुगेका मजदुर नेता भीमज्वाला राईसंग कुराकानी गर्दै श्रीमानलाई निको बनाउन सकिए कमसेकम दाउरा बेचेरै भएपनि जीवन चलाउन सकिन्थ्यो, छोरीलाई दुःख गरेर पढाउन सकिने उनले बताइन् ।  

    आफ्नो श्रीमानको उपचारमा सहयोग गरिदिन सबैसंग उनले अनुरोध गरेको नेता राईले जानकारी दिए । 

    राईको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अभियान सञ्चालन गरेको र यदि सिधै पीडित परिवारलाई सहयोग गर्न चाहनेले शान्ति तामाङको सम्पर्क नम्बर ९७०८२५५३११ मा समेत सम्पर्क गरेर सहयोग गर्न सकिने संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका भीमज्वाला राईले बताए । 


    प्रतिक्रिया दिनुहोस