शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौं–टोखा–नुवाकोट सडकखण्ड अवरुद्ध


    हुलाक प्रेस

    • बुधबार, असार ३२ २०८२०८:३३
    काठमाडौं–टोखा–नुवाकोट सडकखण्ड अवरुद्ध

    काठमाडौं । काठमाडौंको टोखा हुँदै नुवाकोट जाने सडकखण्ड अवरुद्ध भएको छ । सडकको पर्खाल भत्किँदा सडक अवरुद्ध भएको हो । 

    गएराति साढे १२ बजे काठमाडौंको टोखा नगरपालिका–२ टोखास्थित नुवाकोट जाने सडकखण्डको ठूलो लाछीनजिक वर्षाको कारणले सडक किनारामा रहेको पर्खाल भत्किँदा बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

    उक्त सडकखण्डमा दुई पांग्रे सवारीसाधन मात्र आवतजावत गर्न सक्ने तर चारपांग्रे र ठूला सवारीसाधन रोकिएको प्रहरीले बताएको छ । 


    प्रतिक्रिया दिनुहोस