शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल-भारत सीमानाका बन्द हुने


    हुलाक प्रेस

    • बुधबार, असार ३२ २०८२१२:३१
    नेपाल-भारत सीमानाका बन्द हुने

    बैतडी । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द हुने भएको छ ।

    यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

    उनका अनुसार दार्चुलाको पुलघाट  नाका  जुलाई २१ (आगामी साउन ५ गते) बेलुकादेखि जुलाई २४ (साउन  ८ गते) बिहानसम्म बन्द हुनेछन् ।

    यस्तै बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहने उनले जानकारी दिए ।

    उक्त अवधिमा आकस्मिक रूपमा नाका खोल्नुपरेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । रासस


    प्रतिक्रिया दिनुहोस