बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण


    हुलाक प्रेस

    • बुधबार, असार ३२ २०८२१२:३७
    मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

    महेन्द्रनगर (धनुषा)।  मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत भएका दुई विधेयक प्रमाणीकरण गरेकी छन् । 

    नेपालको संविधानको धारा २०१ को उपधारा २ अनुसार उनले ‘मधेस प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आर्थिक वर्ष २०८२/८३ का लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्चसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेकी हुन् । रासस


    प्रतिक्रिया दिनुहोस