शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • ठमेलबाट १५५ ग्राम एम्फेटामाइन लागुऔषधसहित ४ जना पक्राउ


    हुलाक प्रेस

    • बुधबार, असार ३२ २०८२०३:४७
    ठमेलबाट १५५ ग्राम एम्फेटामाइन लागुऔषधसहित ४ जना पक्राउ

    काठमाडौँ । लागुऔषध नियन्त्रण व्यूरोले एम्फेटामाइन सहित ४ जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । आरोपीहरूको साथबाट १५५ ग्राम एम्फेटामाइन बरामद गरिएको लागुऔषध नियन्त्रण व्यूरोले जनाएको छ ।

    पक्राउ पर्नेमा नुवाकोट घर भएका ३८ वर्षीय कमल बहादुर तामाङ, ३२ वर्षीय दीपेन्द्र तामाङ, २७ वर्षीय उमेश भोलोन र बारा घर भएका २९ वर्षीय उग्रेन लामा छन् । 

    जेठ ३० मा तीनजना ठमेलबाट पक्राउ परेका हुन् । उग्रेन लामालाई नारायणस्थान स्थित रिसोर्टबाट पक्राउ गरिएको हो । आरोपीहरूले सो एम्फेटामाइन भारतको नयाँ दिल्लीबाट ल्याएको प्रहरीलाई बयान दिएका छन् ।

     


    प्रतिक्रिया दिनुहोस