बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लियो


    हुलाक प्रेस

    • बुधबार, असार ३२ २०८२०६:१३
    जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लियो

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार (असार ३२) बसेको संसदीय दलको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट समर्थन फिर्ता लिनेबारे निर्णय गर्न संसदीय दललाई निर्देशन दिइएको थियो । सोहीबमोजिम संसदीय दलको बैठकबाट समर्थन फिर्ताको औपचारिक निर्णय गरिएको बस्नेतले जानकारी दिए ।

    पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारको एक वर्षको उपलब्धि आशाअनुरूप नभएका कारण समर्थन फिर्ता लिइएको बताए । “यो सरकारले एक वर्षमा कुनै उपलब्धि हासिल गर्न सकेन । आर्थिक क्षेत्रमा सुधार गर्नेदेखि संविधान संशोधनसम्म प्रवेश गर्न सकेन,” उनले बाह्रखरीसँग भने, “बनाउनुपर्ने कुरा नबनाउने अनि हात नहाल्नुपर्ने विषयमा हात हालेर विवादित हुने सरकारलाई समर्थन दिइराख्नु हामीलाई उचित लागेन, त्यसकारण समर्थन फिर्ता लिएका हौँ ।”

    समर्थन गरे पनि जसपा नेपाल सरकारमा सहभागी थिएन । जसपा नेपालले मधेस प्रदेशमा सरकारको नेतृत्व दाबी गर्दै आएको थियो । तर, संघ सरकारमा रहेका दलहरूबाट सहयोग नपाउँदा प्रदेशमा पनि यो पार्टी सत्ताबाहिर छ ।


    प्रतिक्रिया दिनुहोस