शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • कर्तव्य ज्यानसम्बन्धी कसुरमा फरार प्रतिवादी २९ वर्षपछि पक्राउ


    हुलाक प्रेस

    • बुधबार, असार ३२ २०८२०९:३०
    कर्तव्य ज्यानसम्बन्धी कसुरमा फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

    दमौली (तनहुँ) ।  कर्तव्य गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले २९ वर्षपछि पक्राउ गरेको छ । 

    पक्राउपर्नेमा तनहुँको भिमाद नगरपालिका–८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्तबहादुर शाही रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

    शाहीलाई २९ वर्ष तीन महिनापश्चात् विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आज स्याङ्जाको चापाकोट नगरपालिका–४ घुर्लीचौरबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए ।

    पक्राउ परेका शाहीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा पठाइएको उनले बताए ।

    तनहुँको साविक ढोरफिर्दी गाविस–८ र भानुमति गाविस–७ राइपुरको सीमानामा पर्ने क्याङ्दी खोला र बरखोलाबीच जरेबरमा लागेको मेलामा महिलाका विषयमा विवाद हुँदा सोही स्थान बस्ने चित्रबहादुर खाँणलाई खुकुरी तथा छुरी प्रहारगरी हत्यागरी शाही फरार भएका थिए ।

    तनहुँ जिल्ला अदालतले विसं २०६० माघ २८ गते कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्ष कैदको फैसला सुनाएको थियो । घटनापश्चात् शाही हालसम्म फरार रहेका थिए । 
    रासस


    प्रतिक्रिया दिनुहोस