शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • भूमि मन्त्रीको प्रष्टीकरण : अडिओ मेरो होइन, चरित्र हत्या गर्न खोजियो


    हुलाक प्रेस

    • बिहीबार , साउन १ २०८२०३:५४
    भूमि मन्त्रीको प्रष्टीकरण : अडिओ मेरो होइन, चरित्र हत्या गर्न खोजियो

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक भएको अडिओ आफू र मन्त्रालयसँग सम्बन्धित नभएको दाबी गरेका छन् ।

    मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । पोखराको जग्गासँग जोडिएर मन्त्री अधिकारी पनि विवादमा मुछिएका छन् ।

    त्यसबारे स्पष्ट पार्दै उनले भनेका छन्, ‘अहिलेसम्म यो अडिओमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन् । मेरो शब्द छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडिओबाट प्रष्ट हुनुहुन्छ ।’


    प्रतिक्रिया दिनुहोस