शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • अबदेखि सरकारी कर्मचारीले मासिक ५ हजार रुपैयाँ महंगी भत्ता पाउने


    हुलाक प्रेस

    • शुक्रबार, साउन २ २०८२०५:५१
    अबदेखि सरकारी कर्मचारीले मासिक ५ हजार रुपैयाँ महंगी भत्ता पाउने

    काठमाडौं । बिहीबारदेखि कर्मचारीको महंगी भत्ता मासिक ५ हजार रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले सबै सरकारी निकायलाई परिपत्र गर्दै बजेटको व्यवस्था अनुसार कर्मचारीको महँगी भत्ता पाँच हजार पुर्‍याउन निर्देशन दिएको हो ।

    मार्गदर्शनको बुँदा नम्बर ६८ मा भनिएको छ, ‘आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्यको बुँदा नं। ३४९ बमोजिम सबै राष्ट्रसेवकहरूका लागि साउन १ गते देखि लागू हुने गरी महँगी भत्ता बापत मासिक पाँच हजार रुपैयाँ भुक्तानी गर्ने व्यवस्था मिलाउनु हुनेछ ।’

    चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब नबढाई यसअघि २ हजार रुपैयाँ रहेको महँगी भत्ता ३ हजार बढाएर ५ हजार रुपैयाँ पुर्याएका थिए ।


    प्रतिक्रिया दिनुहोस