शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नक्कली डाक्टर श्याम टण्डनविरुद्ध फौजदारी मुद्दा दर्ता


    हुलाक प्रेस

    • शुक्रबार, साउन २ २०८२१०:५७
    नक्कली डाक्टर श्याम टण्डनविरुद्ध फौजदारी मुद्दा दर्ता

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विदेशमा एमबीबीएस अध्ययन गरेका श्याम टण्डनविरुद्ध सरकारी वकिलको कार्यालय, काठमाडौंले फौजदारी अभियोग दायर गरेको छ ।

    रुपन्देहीको शुद्धोधन गाउँपालिका-३ का ३६ वर्षीय टण्डनले उच्च माध्यमिक तहको प्रमाणपत्र कीर्ते गरी बंगलादेशमा एमबीबीएस अध्ययन गरेका थिए । प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान अघि बढाएको थियो ।

    बंगलादेशमा एमबीबीएस अध्ययन गर्न टण्डनले नेपाल मेडिकल काउन्सिलबाट एलिजिबिलिटी (अनुमति प्रमाणपत्र) प्राप्त गरेका थिए । सो प्रमाणपत्र लिनका लागि उनले उच्च माध्यमिक शिक्षा बोर्डबाट जारी भएको ट्रान्सक्रिप्ट कीर्ते गरी पेस गरेका थिए ।

    बंगालादेशमा एमबीबीएस अध्ययन गर्ने प्रयोजनका लागि २०६६ सालमा कक्षा ११ र १२ पास भएको शैक्षिक प्रमाणपत्रमा कक्षा १२ मा पाएको नम्बर परिवर्तन गरेका थिए । विषयगत अंकहरू हेरफेर गरी प्रमाणपत्र बनाइएको देखिएको छ ।

    राष्ट्रिय परीक्षा बोर्ड, भक्तपुरबाट प्राप्त जानकारीअनुसार टण्डनले कक्षा १२ मा अंग्रेजी विषयमा ५२ अंक पाएकोमा ८५ अंक बनाइएको थियो । यस्तै, भौतिकशास्त्रमा ३१ अंकलाई ६८ बनाइएको, रसायनशास्त्रमा २० अंकलाई ६९ र जीव विज्ञानमा ३८ अंकलाई ४१ अंक बनाइएको देखिएको छ ।

    उनले रजिस्ट्रेसन नम्बर ६५४९२००८७ भएको प्रमाणपत्र कीर्ते गरेका थिए ।


    प्रतिक्रिया दिनुहोस