बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकाले नेपालमा राजनीतिक हिंसा बढेको भन्दै जनायो आवश्यक सतर्कता


    हुलाक प्रेस

    • सोमबार, पुस ९ २०८००९:०३
    अमेरिकाले नेपालमा राजनीतिक हिंसा बढेको भन्दै जनायो आवश्यक सतर्कता

    काठमाडौं । अमेरिकाले नेपालमा राजनीतिक हिंसाको सम्भावना बढेको जनाउँदै आवश्यक सतर्कता अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

    अमेरिकी विदेश मन्त्रालयले यही डिसेम्बर १८ मा जारी गरेको ट्राभल एड्भाइजरीमा सम्भावित राजनीतिक हिंसाका कारण नेपालमा सतर्कता बढाइएको जनाएको छ । “शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीँ हिंसामा परिणत हुन सक्छन् र नेपाली अधिकारीहरूले बल प्रयोग गर्न सक्छन्,” अमेरिकी विदेश मन्त्रालयले ट्राभल एड्भाइजरीमा भनेको छ ।

    ट्राभल एड्भाइजरीमा अमेरिकाले स्पष्ट शब्दमा नेपालमा हुने प्रदर्शन र भिडभाडमा नजान आफ्ना नागरिकलाई भनेको छ । 

    अमेरिकाले आफ्ना नागरिकलाई एक्लै पदयात्रा वा आरोहणमा नजान पनि भएको छ । 


    प्रतिक्रिया दिनुहोस