बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सानिमा बैंकको दराजसंग महाबचत बजार २०८२ योजनाका लागि सहकार्य


    हुलाक प्रेस

    • शनिबार, साउन ३ २०८२१०:४९
    सानिमा बैंकको दराजसंग महाबचत बजार २०८२ योजनाका लागि सहकार्य

    काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग महाबचत बजार २०८२ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । 

    योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 
    ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् रुपैया ५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रुपैयाँ ७५० सम्मको छुट प्राप्त गर्न सक्ने सानिमा विकाश बैंकले जनाएको छ । 

    यो योजना २०८२ श्रावण २ देखि १५ गतेसम्म १४ दिनका लागि लागू हुनेछ ।

    छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्ने र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

    बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । 
    सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् । 


    प्रतिक्रिया दिनुहोस