शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सानिमा बैंकको अनलाइन 'इ-कम' कार्ड 'टप अप' सुबिधा


    हुलाक प्रेस

    • शनिबार, साउन ३ २०८२११:२१
    सानिमा बैंकको अनलाइन 'इ-कम' कार्ड 'टप अप' सुबिधा

    काठमाडौं । सानिमा बैंकले 'इ-कम' भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइन मार्फत कार्डमा 'टप अप'  गर्न मिल्ने सुबिधाको सुरुवात गरेको छ ।

    'इ-कम' भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा युएसडी 'इ-कम' भिसा कार्डमा 'टप अप' गर्न सक्ने बैंकले जनाएको छ । 

    ग्राहकहरुले सानिमा सजिलो ईबैकिङ्ग एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस अन्तर्गतको कार्ड सर्भिसबाट 'इ-कम' अनलाइन भुक्तानीमा आफ्नो विवरणहरु राखेर टप अप गर्न सक्नेछन् ।

    ग्राहकहरुले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध Captcha राखेर 'टप अप'को प्रकिया अगाडि बढाउन सक्नेछन् ।

    साथै, उक्त प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको एक पटकको पासवर्ड राखे पश्चात् कार्डमा तुरुन्तै 'टप अप' हुनेछ । 

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् । 

     


  • सम्बन्धित विषय:

  • # #sanimabank
  • # #E-comcard
  • # #topup
  • प्रतिक्रिया दिनुहोस