बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ट्रम्प भन्छन्: भारत-पाकिस्तान युद्धमा पाँचवटा विमान खसालिएका थिए


    हुलाक प्रेस

    • शनिबार, साउन ३ २०८२०२:१७
    ट्रम्प भन्छन्: भारत-पाकिस्तान युद्धमा पाँचवटा विमान खसालिएका थिए

    काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक भारत-पाकिस्तान युद्ध आफूले रोकेको दाबी गरेका छन् ।

    यस क्रममा उनले दुई देशबीच त्यसबेला भएको लडाइँमा पाँचवटा जेट विमान खसालिएको दाबी पनि गरेका छन् । 

    उनले भनेका छन्, ‘मलाई लाग्छ- भारत-पाकिस्तान युद्धमा पाँचवटा जेट विमान साँच्चै खसालिएका थिए ।’ तर उनले कुन देशका विमानहरू खसालिएका थिए भन्ने कुरा स्पष्ट पारेनन् ।

    ट्रम्पले ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको रात्रिभोजमा उक्त दाबी गरेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम आफूले गराएको भनेर अहिलेसम्म २४ पटक भनिसकेका छन् । 

    सबैभन्दा पहिले उनले यो दाबी मे १० मा सामाजिक सञ्जालमार्फत गरेका थिए । तर भारतले पाकिस्तानसँगको युद्ध रोकिनुमा कुनै अर्को देशको भूमिका अस्वीकार गरिरहेको छ । 

    त्यस बेला पाकिस्तानले ५ वटा भारतीय विमान खसालेको दाबी गरेको थियो भने भारतले पनि केही पाकिस्तानी विमान खसालेको बताएको थियो ।


    प्रतिक्रिया दिनुहोस