बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रचण्डको घोषणाः विश्वविद्यालयमा राजनीतिक भागवण्डा अन्त्य हुनेछ


    हुलाक प्रेस

    • मंगलबार, पुस १० २०८००८:१८
    प्रचण्डको घोषणाः विश्वविद्यालयमा राजनीतिक भागवण्डा अन्त्य हुनेछ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयमा हुने गरेको राजनीतिक भागबन्डाको अन्त्य गर्ने घोषणा गरेका छन्।

    विश्वविद्यालयका महत्वपूर्ण पदमा राजनीतिक नियुक्ति हुने गरेका छन्। यही कुरालाई लक्षित गर्दै उनले भने, 'विश्वविद्यालयमा राजनीतिक भागबन्डाको अन्त्य गरिनेछ। संसारमा कुनै पनि ठाउँमा बसेको दक्ष व्यक्तिलाई नियुक्ति गरिनेछ। मेरिटोक्रेसी सुरु हुनेछ।'

    उनले त्यसको सुरुवात त्रिभुवन विश्वविद्यालयबाट गरिने पनि दाबी गरेका छन्। 'नेपालका विश्वविद्यालय रित्तिँदै जाने अवस्था छ। पुँजी पलायन भइरहेको छ। यसका लागि बहुआयामिक कदम चालिँदैछ,' उनले भने। 


    प्रतिक्रिया दिनुहोस