शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • वर्षासँगै बाढीपहिरोले महाकाली, मध्यपहाडी, मेची राजमार्ग अबरुद्ध


    हुलाक प्रेस

    • आइतबार, साउन ४ २०८२०९:२१
    वर्षासँगै बाढीपहिरोले महाकाली, मध्यपहाडी, मेची राजमार्ग अबरुद्ध

    काठमाडौं । वर्षासँग बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, सुकेबगर र रुप्सेस्थित बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । आइतबार (साउन ४) बिहान करिब ०६ः२० बजे ती स्थानस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    मध्यपहाडी लोकमार्ग अवरुद्ध
    सिन्धुलीको गोलन्जोर गाउँपालिका–३, बसेरीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । आइतबार बिहान करिब २ बजे बसेरीस्थित मध्यपहाडी लोकमार्गमा सडकमाथि रहेको कुलोबाट ढुंगामाटोसहितको लेदो झरेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    मेची राजमार्ग अवरुद्ध
    पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा मेची राजमार्ग अवरुद्ध भएको छ । गए राति करिब १२ बजे फिदिम–४ र हिलिहाङ–७ को संगमस्थल हेवाखोलामा बाढी आई ‘डाइभर्सन’ बगाउँदा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    महाकाली राजमार्ग अवरुद्ध
     बैतडीको दशरथचन्द नगरपालिका–८ मा महाकाली राजमार्ग अवरुद्ध भएको छ । शनिबार (साउन ३) बेलुका करिब १७ः४० बजे दशरथचन्द–८ स्थित महाकाली राजमार्गअन्तर्गत बैतडी–झुलाघाट सडकखण्डमा माथिबाट सुक्खा पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस