शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पर्वतको लाङ्दीमा पहिरोले घर पुरिंदा २ जना बेपत्ता


    हुलाक प्रेस

    • आइतबार, साउन ४ २०८२०९:३६
    पर्वतको लाङ्दीमा पहिरोले घर पुरिंदा २ जना बेपत्ता

    काठमाडौं । पर्वतमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जना बेपत्ता भएका छन् । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा एकतले घर पुरिंदा एक दम्पती पुरिएर बेपत्ता भएका हुन् ।

    बेपत्ता हुनेमा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती रहेको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार बुहारी ३२ वर्षीया पवित्रा भने हाम फालेर बचेकी छन् ।


    प्रतिक्रिया दिनुहोस