बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ओली र भण्डारीबीच भेटवार्ता हुने


    हुलाक प्रेस

    • आइतबार, साउन ४ २०८२१२:५०
    ओली र  भण्डारीबीच भेटवार्ता हुने


    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुने भएको छ ।

    आज दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा भेट हुने तय भएको भण्डारीका स्वकीय राजकुमार राईले जानकारी दिए ।

    पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउने भएपछि उनको पार्टी सदस्यता नवीकरणबारे विवाद सुरु भएको छ ।

    अध्यक्ष ओलीले भण्डारीको राजनीतिमा प्रवेशबारे थाहा नभएको प्रतिक्रिया दिँदै आएका छन् ।

    पार्टीको पोलिटब्युरो कमिटी बैठकमा भण्डारीको सदस्यता नवीकरणबारे विवाद भएपछि अध्यक्ष ओलीलाई भण्डारीसँग वार्ता गर्न नेताहरूले सुझाएका थिए ।


  • सम्बन्धित विषय:

  • # #kpoli-bidhyabhandari
  • प्रतिक्रिया दिनुहोस