काठमाडौं । गोदावरी नगरपालिका–७ मा कृष्णबहादुर मार्फामाथि खुकुरी प्रहार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुद्धचित्त चोरी गर्न पुगेको ३ जनाको समूहले मार्फामाथि खुकुरी प्रहार गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ रहेको ललितपुर प्रहरीका प्रवक्ता चक्रराज जोशीले बताए ।
मार्फाले लगाएको बुद्धचित्त चोर्न गएको समयमा राति २ बजेतिर कुकुर भुकेपछि मार्फा बाहिर निस्किँदा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट दाँया हातमा चोट लागेको र पाँचवटा टाँका लगाइएको प्रहरीले बताएको छ ।