शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मधेश प्रदेशका पूर्वप्रमुख राजेश बलात्कार आरोपमा पक्राउ


    हुलाक प्रेस

    • आइतबार, साउन ४ २०८२०९:०७
    मधेश प्रदेशका पूर्वप्रमुख राजेश बलात्कार आरोपमा पक्राउ

    काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ परेका छन् । काठमाडौँको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा आइतबार काठमाडौँबाट पक्राउ गरिएको हो ।

    उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइ ५ दिनको म्याद थपसमेत भइसकेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।  

    उनीविरुद्ध एक महिलाले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन् । तर, अहिराजले पनि ती महिलाविरुद्ध आपराधिक लाभ‍सम्बन्धी कसुरमा जाहेरी दिएका छन् । 

    काठमाडौँ प्रहरीले अहिराजलाई कानुनी कारबाहीका लागि अदालतबाट यसअघि नै पक्राउ पुर्जी लिएको थियो । उजुरी परेको लामो समयदेखि प्रहरीले उजुरीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो ।  

    घटना २०८१ जेठ ४ गतेको भएको प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध गत माघ ३ गते जाहेरी दर्ता भएको थियो । प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो ।

    पुर्जी जारी भएको थाहा पाएपछि अहिराज फरार थिए । अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए । उनी केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा एमालेको कोटाबाट मधेस प्रमुख भएका थिए । 


    प्रतिक्रिया दिनुहोस