काठमाडौँ । यही साउन ६ र ७ गते नेपाल– भारत गृहसचिवस्तीय बैठक बस्ने भएको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गृहसचव गोकर्णमणि दुवाडीको नेतृत्वमा भारत भ्रमणमा जाने टोलीबारे निर्णय भएको छ । गृहसचिवस्तरीय संयन्त्रको बैठक ९ वर्षपछि बस्न लागेको हो । संयन्त्रको बैठक यसअघि सन् २०१६ मा बसेको थियो ।
भारतको नयाँ दिल्लीमा मंगलबार र बुधबार गरि दुई दिनसम्म चल्ने बैठकमा सीमा अपराध, सीमा व्यवस्थापन, सीमा स्तम्भको मर्मत, लागूपदार्थ, मानव तस्करी, सीमा क्षेत्रमा संयुक्त गस्ती र निगरानी लगायतका विषयमा छलफल हुनेछ ।
गृहसचिव दुवाडीको नेतृत्वको १२ सदस्यीय नेपाली टोलीमा नेपाल प्रहरीका एआइजी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका एआइजी गणेश ठाडामगर, राष्ट्रिय अनुसन्धान विभागका एआइजी टेकेन्द्र कार्की, गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी लगायत सहभागी हुँदै छन् ।
यस्तै, भारतीय गृहसचिव नेतृत्वको टोलीमा सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी हुनेछन् । बैठकमा सिमाना हुने आपराधिक गतिविधि नियन्त्रण तथा सिमा वारपारलाई थप व्यवस्थित गर्नेबारे थप छलफल हुने बताइएको छ ।