शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सिन्धुलीमा युवकको शव फेला, पहिचान हुन सकेन


    हुलाक प्रेस

    • सोमबार, साउन ५ २०८२०३:४१
    सिन्धुलीमा युवकको शव फेला, पहिचान हुन सकेन

    सिन्धुली । दुधौली नगरपालिका–२ लामिडाँडामा एक युवकको शव फेला परेको छ । उनको नामथर र ठेगाना खुल्न सकेको छैन । 

    दुधौली–२ स्थित मधुगङ्गा महादेवको दर्शन गर्न आएका युवकको शव फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

    शव फेला परेको स्थानीयवासीले जानकारी दिएपछि प्रहरीले यसबारे अनुसन्धान गरिरहेको उनले बताए । 

    दुधौली–२ का वडाअध्यक्ष रितेश राउतका अनुसार ति युवक मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए । स्थानीयवासीले घटनाबारे जानकारी दिएपछि प्रहरी उपरीक्षक लालध्वज सुवेदी नेतृत्वको टोली तथा इलाका प्रहरी कार्यालय डकाहाको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  
    रासस


  • सम्बन्धित विषय:

  • # #death
  • प्रतिक्रिया दिनुहोस