शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • शनिबार राती एकैसाथ गेस्ट हाउस पुगेका थिए विमलेश र जुली, भोलीपल्ट विमलेश मृत भेटिएपछि प्रेमीका पक्राउ


    हुलाक प्रेस

    • सोमबार, साउन ५ २०८२०३:५५
    शनिबार राती एकैसाथ गेस्ट हाउस पुगेका थिए विमलेश र जुली, भोलीपल्ट विमलेश मृत भेटिएपछि प्रेमीका पक्राउ
    एआईद्धारा बनाइएको सांकेतिक तस्वीर

    महेन्द्रनगर (धनुषा) । जनकपुरको एक होटलमा युवकको हत्या गरेको आरोपमा पक्राउ परेकी एक युवतीलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । 

    जनकपुरधामको होटल एसपी एन्ड गेष्ट हाउसमा विमलेश यादवको हत्या अभियोगमा युवतीलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

    महोत्तरीको बलवा नगरपालिका–७ का २४ वर्षीया जुली झालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको हो । कर्तव्य ज्यान मुद्दामा उनीमाथि अनुसन्धान थालिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए । 

    प्रहरीका अनुसार महोत्तरी गाउँपालिका–१ पर्साका २८ वर्षीय विमलेशलाई गेष्टहाउसमा छुरा प्रहार गरी एक तल्ला माथिबाट तल खसालिएको थियो । आइतबार बिहान उपचारका क्रममा विमलेशको अस्पतालमा मृत्यु भएको थियो ।

    घटनाको अनुसन्धानका क्रममा विमलेशको हत्यामा झाको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनापछि झा गेष्टहाउसबाट भागेको सिसिटिभी क्यामेरामा कैद भएको थियो ।

    मृतक विमलेश र पक्राउ परेकी युवती झा गेष्टहाउसमा शनिबार राति ९ बजेर ५५ मिनेटमा एकसाथ गएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । उनीहरुको सम्बन्ध र हत्याको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस