शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंको तीनकुनेमा एम्बुलेन्स दुर्घटना, चालक घाइते


    हुलाक प्रेस

    • बिहीबार , साउन ८ २०८२०८:५०
    काठमाडौंको तीनकुनेमा एम्बुलेन्स दुर्घटना, चालक घाइते

    काठमाडौं । काठमाडौंको तीनकुनेमा एक एम्बुलेन्स दुर्घटनामा परेको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–१, डुम्जाका बिरामीलाई काठमाडौंको टेकु अस्पतालमा छोडेर फर्किने क्रममा ज १ च १७६६ नं को नेपाल रेडक्रम सोसाइटीको एम्बुलेन्स बुधबार राति करिब १० बजेतिर दुर्घटनामा परेको हो ।  

    महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले उक्त एम्बुलेन्स रोड डिभाइडरमा ठोकिएर दुर्घटना भएको देखिएको बताए ।

    एम्बुलेन्समा चालक मात्र रहेका थिए । चालक दुर्गा कोइराला सामान्य घाइते भएका छन् । रासस

     


    प्रतिक्रिया दिनुहोस