बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पहाडी भू–भागमा आंशिक बदली हुने


    हुलाक प्रेस

    • बुधबार, पुस ११ २०८०१२:५७
    पहाडी भू–भागमा आंशिक बदली हुने
    काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ । 
     
    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।
     
    उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले काठमाडौँमा वायुको तापक्रम ११ डिग्री सेन्टिग्रेड रहेको र पारदर्शिता भिजिबिलिटी चार हजार पाँच सय मिटर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
     
    यसैगरी काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम सात दशमलव आठ डिग्री रहेको तथा आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् लामिछानेले बताए । 
     
    यसैगरी आज राति कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस