शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्रीद्वारा तराई–मधेसको सुक्खा क्षेत्रको अवलोकन


    हुलाक प्रेस

    • शुक्रबार, साउन ९ २०८२०१:४५
    प्रधानमन्त्रीद्वारा तराई–मधेसको सुक्खा क्षेत्रको अवलोकन

    महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् ।

    यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेस–प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाका समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए । 

    प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनेछन् । रासस


    प्रतिक्रिया दिनुहोस