शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बालकुमारीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु


    हुलाक प्रेस

    • शनिबार, साउन १० २०८२०७:५६
    बालकुमारीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

    काठमाडौं । ललितपुरको बालकुमारीमा शनिबार (साउन १०) दिउँसो सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

    ललितपुर महानगरपालिका–१९, बालकुमारीस्थित सडकमा ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा४ ख २४७७ नम्बरको मिनिट्रकको ठक्करबाट पैदलयात्री अन्दाजी २३ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृतकको परिचय खुलेको छैन । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बीएन्डबी अस्पतालमा मृत्यु भएको र चालकलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी विनोद घिमिरेले बताए । रासस


    प्रतिक्रिया दिनुहोस