शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • ललितपुरमा श्रीमान्‌ले गरे श्रीमतीको ‘हत्या’


    हुलाक प्रेस

    • शनिबार, साउन १० २०८२०८:१९
    ललितपुरमा श्रीमान्‌ले गरे श्रीमतीको ‘हत्या’

    काठमाडौं । ललितपुरमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२७, सुनाकोठीका ३० वर्षीय मदनबहादुर स्याङतान छन् ।

    आफ्नी श्रीमती २० वर्षीया डोल्मा वाइवाको हत्या गरेको उनीमाथि आरोप छ । शनिबार (साउन १०) बिहान मदनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    विवादका क्रममा मदनले चक्कु प्रहार गरी डोल्माको हत्या गरेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस