बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • २१ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन


    हुलाक प्रेस

    • बुधबार, पुस ११ २०८००१:३०
    २१ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन

    काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले आफूखुसी कार्यालयमा गैरहाजिर रहेकलाई सम्पर्कमा आउन निर्देशन दिएको छ । 

    प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दागराउँदा समेत उपस्थित नहुने २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । 

    प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र गैरहाजिर रहनुको कारणसहितको स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन निर्देशन दिएको र सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी समेत प्रहरी प्रधान कार्यालय दिएको छ ।


    प्रतिक्रिया दिनुहोस