शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • एक वर्षमा २३ सय बढी प्रहरीको राजीनामा


    हुलाक प्रेस

    • आइतबार, साउन ११ २०८२०६:२६
    एक वर्षमा २३ सय बढी प्रहरीको राजीनामा

    काठमाडौं । एक वर्षको अवधिमा २३ सय भन्दा बढी प्रहरी कर्मचारीले सेवाबाट राजीनामा दिएका छन् ।

    आर्थिक वर्ष २०८१/८२ मा २३ सय ६९ प्रहरी कर्मचारीले राजीनामा दिएका हुन् । अधिकांशजसोले घरायसी कारण देखाएर राजीनामा दिने गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

    यही वर्ष क्रिकेटर दीपेन्द्र सिंह ऐरीले पनि राजीनामा दिएका थिए । राजीनामा दिनेमध्ये सिनियर प्रहरी अधिकृत (इन्स्पेक्टरभन्दा माथिल्लो तह) १९ जना छन् । जुनियर प्रहरी अधिकृत (असईदेखि वरिष्ठ सईसम्म) ४०१ जनाले राजीनामा दिएका छन् ।

    अन्य दर्ता तथा कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्म १९ सय ४९ जनाले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । प्रहरीमा तल्लो दर्जामा सेवा सुविधा कम हुने गरेको र अवसर कम भएको भन्दै तल्लो दर्जाका प्रहरी कर्मचारीले राजीनामा दिने चलन बढी छ । यही अवधिमा ५२३ जना भने अनिवार्य अवकाशमा गएका छन् ।


    प्रतिक्रिया दिनुहोस