शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सुन्दरीजल खोलामा फसेका चार भारतीयसहित पाँचजनाको उद्धार


    हुलाक प्रेस

    • सोमबार, साउन १२ २०८२१०:५१
    सुन्दरीजल खोलामा फसेका चार भारतीयसहित पाँचजनाको उद्धार

    काठमाडौं । खोलाको बीचमा फसेका पाँचजनालाई नेपाली सेनाले उद्धार गरेको छ । नुहाउने क्रममा आज बिहान सुन्दरीजल खोलामा बाढीमा फसेका चार भारतीय र एक नेपाल नागरिकलाई नेपाली सेनाले उद्धार गरेको हो । 

    बिहान साढे २ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिरनजिक चार भारतीय र एक नेपाली खोलामा नुहाउने क्रममा एकासी खोलाको बहाव बढेपछि बीचमा फसेका थिए । 

    खोलाको बीचमा फसेका उनीहरूलाई चन्दननाथ गणबाट खटिएको सेनाको उद्धार टोलीसहित अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस