शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त


    हुलाक प्रेस

    • सोमबार, साउन १२ २०८२०२:३५
    सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त

    काठमाडौँ । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त भएका छन् । 

    न्याय सेवा आयोगको आज बसेको बैठकले पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो । मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबारदेखि अनिवार्य अवकाशमा लिएका थिए । 

    बैठकले सर्वोच्च अदालतको रजिष्ट्रारमा सह–रजिष्ट्रार मानवहादुर कार्कीलाई नियुक्त गर्र्ने निर्णय गरेको छ । साथै, सह न्यायाधिवक्ता सूर्यराज दाहाललाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ ।


    प्रतिक्रिया दिनुहोस