काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएका छन् ।
गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको हो ।

स्थानीयले एकै परिवारका १६ जना हराइरहेको सूचना जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दिएको थियो । प्रहरीले सूचना पाएलगत्तै उनीहरुको खोजी कार्य सुरु गरेको छ ।