शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सर्पको टोकाइबाट ५५ वर्षीय यादवको मृत्यु


    हुलाक प्रेस

    • सोमबार, साउन १२ २०८२०२:४९
    सर्पको टोकाइबाट ५५ वर्षीय यादवको मृत्यु

    घोराही (दाङ) । दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा राजपुर गाउँपालिका–३ खरदरियाका ५५ वर्षीय शालिकराम यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । 

    आज बिहान उनलाई घरभित्र सर्पले टोकेको थियो । यादवको उपचारको क्रममा आज नै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

    शालिकराम यादव शङ्कर माध्यमिक विद्यालय खरदरियामा प्रधानाध्यापकको रूपमा कार्यरत थिए । रासस


  • सम्बन्धित विषय:

  • # #death
  • # #snakebite
  • # #hulakpress
  • प्रतिक्रिया दिनुहोस